पछिल्लो २४ घन्टामा थप १ सय ८० जनामा कोरोना पुष्टि


काठमाण्डाै – नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा साेमबार १ सय ८० संक्रमित भेटिएको जानकारी दिएका हुन् ।
डा.गाैतमका अनुसार अाज थपिएका संक्रमितमा काठमाडौंका २४ जना, ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८÷८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६÷६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५/५ जना रहेका छन् ।

यस्तै प्युठान र काभ्रेका ४/४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३/३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २/२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि अाजनै कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये ६ हजार ८ सय ११ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा २ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।