नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुग्याे


काठमाण्डौ- नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १६ हजार १६८ पुगेको छ । मंगलवार देशका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा नयाँ २०४ जना थपिएसंगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयको मंगलवारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभर ६ हजार १३३ जनाको पीसीआर परिक्षण गरिएको र उनिहरु मध्य २०४ जनाको नतिजा पोजेटिभ देखिएको जानकारी दिनुभयो ।

मंगलवार धरानमा गरिएको परिक्षणमा झापाका १, सुनसरीका २, विराटनगरमा गरिएको परिक्षणमा मोरङका ६, गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परिक्षणमा सप्तरीका ३, जनकपुरमा गरिएको परिक्षणमा धनुषाका ८, महोत्तरीका ९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा अछामका ११ जना, बैतडीका ११, डोटीका ७, गोरखाका १, काठमाडौंका १ र सिन्धुलीका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

वागमती प्रदेशको हेटौंडामा गरिएको परिक्षणमा मकवानपुरका २, धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा बाजुराका ५४ जना, सिन्धुपाल्चोकका १, पाटन अस्पतालमा गरिएको परिक्षणमा धादिङका १, भक्तपुरका ४, गोरखाका २, कास्कीका १, काठमाडौंका १२, ललितपुरका १०, लजमुङका १, नुवाकोटका १, पर्साका १, रामेछापका १, रुपन्देहीका १, सप्तरीका १, सर्लाहीका ३, सुनसरीका १, रुकुम पश्चिमका १, मकवानपुरका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका १, पोखरामा गरिएको परिक्षणमा तनहुँका २, बाग्लुङका १, रुपन्देहीमा गरिएको परिक्षणमा अर्घाखाँचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५, पाल्पाका २, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा दाङका ३, रुकुमपश्चिमका ४, रुकुम पूर्वका १, बर्दियाका २ र सल्यानका ५ जनामा संक्रमण पोजेटिभ देखिएको डा.गौतमले बताउनु भयो छ ।

कर्णाली स्वास्थ्य वित्रान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा सुर्खेतका ३, डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा ६ जनामा कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ ।