नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुग्याे


काठमाण्डौ-वुधवार देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २५५ नयाँ थपिएसंगै संक्रमितको संख्या १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ हजार ६९६ जनाको परिक्षण गरिएकोमा २५५ जनामा संक्रमण पोजेटिभ देखिएको बताउनु भयो । यो संगै कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको हो ।

धरानमा गरिएको परिक्षणमा झापाका ५, तेह्रथुमका एक, कोशी अस्पतालमा गरिएको परिक्षणमा झापाका १, सुनसरीका २, इलामका २ जनामा संक्रमण पोजेटिभ देखिएको छ । विराटनगरमा गरिएको परिक्षणमा झापाका १, मोरङका ३, गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परिक्षणमा सिराहाका २, सप्तरीका ४, नारायणी अस्पतालामा गरिएको परिक्षणमा बाराका १ जनामा संक्रमण पोजेटिभ देखिएको डा. गौतमले बताउनु भयो । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका ८, गोरखाका २, कैलालीका १९ जना, कञ्चनपुरका ७ जना, काठमाडौंका ६ तथा सर्लाहीका २ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

चितवनको भरतपुर अस्पतालमा गरिएको परिक्षणमा चितवनका ५, हेटौंडामा गरिएको परिक्षणमा नवलपरासी पूर्वका २, रौतहटका ३२ जनामा संक्रमण पोेजेटिभ देखिएको छ । पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा दाङका १, धादिङका १, दोलखाका १, झापाका १, कास्कीका १, काठमाडौंका १० जना, काभ्रेका १, ललितपुरका ७, लजमुङका १, नवलपरासी पूर्वका १, पर्साका १, रामेछापका २, रौतहटका १, सर्लाहीका १, सिन्धुपाल्चोकका १ र सुनसरीका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काभ्रेका १, मोरङका १, पोखरामा गरिएको परिक्षणमा म्याग्दीका १, कास्कीका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै रुपन्देहीमा गरिएको परिक्षणमा गुल्मीका ३, पाल्पाका ५, प्यूठानका १, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँकेका २, दाङका ४, कालिकोटका १ र रुकुम पश्चिमका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

दैलेखमा गरिएको परिक्षणमा सुर्खेतका १, चौरजहारीमा गरिएको परिक्षणमा रुकुम पश्चिमका ४, जाजरकोटका १, सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका २, मुगुका २ जना तथा सुर्खेतका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा दैलेखका ३, डडेल्धुरामा गरिएको परिक्षणमा डडेल्धुराका २, सेती अस्पतालमा गरिएको परिक्षणमा अछामका ५, डोटीका ४, कञ्चनपुरका ५, कैलालीका १७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यो संगै कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको हो ।

नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या दिनदिनै थपिएको छ । वुधवार २५३ जना देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । यो संगै घर फर्किनेको संख्या ७ हजार ७५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।