कोभिड १९ बाट विश्वभर मृत्यु हुने संख्या ५ लाख ७५ हजार ९ सय ५५ पुग्याे


काठमाण्डाै – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९ सय ५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ४२ हजार ६ सय ९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७७ लाख ९ हजार ९ सय ७२ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४९ लाख ५५ हजार १ सय ४२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५९ हजार २ सय ९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख ९७ हजार ४ सय ८३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३८ हजार २ सय ४७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २९ लाख ३१ हजार ९ सय ५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । १ लाख ६ हजार ४ सय ९९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७५ हजार ५ सय ९४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । १ लाख ८७ हजार १ सय २२ जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ९३ हजार ५ सय ५८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५ सय ८१ को मृत्यु भएको छ । एसिया ३० लाख २० हजार ८ सय २ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७१ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख १४ हजार ४ सय ३६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ५ सय ४ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ९ सय १५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ३० जनाको मृत्यु भएको छ । रासस