नेपालमा पछिल्लो २४ घन्टामा थप ५७ मा कोरोना पुष्टि


काठमाण्डाै – नेपालमा पछिल्लो २४ घन्टामा थप ५७ मा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शनिबार ५७ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् । संक्रमित हुनेमा मोरङका ९, इलाम,झापा,नुवाकोट,बाग्लुङ,पर्वत,सल्यान,बारा र कञ्‍चनपुरका १/१, तेह्रथुम,सर्लाही,गुल्मी,पाल्पा,डडेलधुरा र बझाङ २/२, दैलेखका ५, रुकुम पश्चिमका ३, डोटीका ७ र कैलालीका १३ जना रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये ११ हजार ६ सय ३७ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा १ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख ११ हजार ८२९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ३ हजार ३३१ पीसीआर परीक्षण भएका छन् ।