नेपालमा कोरोनाको संक्रमण हुनेको संख्या १७ हजार ६ सय ५८ पुग्याे


काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमण फैलिएका ७७ जिल्ला मध्य ८ जिल्ला तत्कालका लागि कोरोना मुक्त भएको बताएको छ । कोरोना मुक्त भएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, पाँचथर, धनकुटा, भोजपुर र रसुवा रहेका छन् ।

आईतवार विभिन्न जिल्लाका ५८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो संगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताउनु भयो ।

बितेको २४ घन्टामा देशका विभिन्न जिल्लामा रहेका २७ प्रयोगशालामा ३ हजार ७४१ वटा पीसीआर परिक्षण गरिएकोमा नयाँ १५६ जनामा कोरोनाको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा डा. गौतमले बताउनु भयो ।

आईतवार थपिएका १५६ जना सहित नेपालमा कोरोनाको संक्रमण भएकाहरुको संख्या १७ हजार ६५८ पुगेको छ । ११ हजार ६९५ जना निको भएपछि देशभर संक्रिय संक्रमितहरु ५ हजार ९२३ रहेका छन् । यो प्रतिशतमा ६६.२४ प्रतिशत हो ।