एनआरएनएको ८३ औ शाखा टर्कीमा विस्तार


लण्डन । विश्वभरी छरिएर रहेका नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ८३ औँ शाखाको रुपमा टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ ।
गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार शनिबार बसेको केन्द्रीय सचिवालयमा बैठकले उज्वल कुमार घिसिङको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा श्यामकला राई, महेन्द्र थापा र तिला दाहाल रहेका छन् । महासचिवमा विनोद पौड्याल, सचिवमा मोहम्मद जावेद, सहसचिवमा नीमा छोटी शेर्पा, कोषाध्यक्षमा अनिता गुरुङ र सह-कोषाध्यक्षमा गीता लिम्बु रहेका छन् ।

यसैगरी युवा संयोजकमा मन्दिरा ओली खत्री र सुनिल पौडेल लगायत ७ जना सदस्यहरु पनि नवगठित समितिमा चयन भएका छन् । समितिको प्रवक्तामा विकास सुमन रहेका छन् ।