नेपालमा कोरोनाको संक्रमण हुनेको संख्या १९ हजार ६३ पुग्याे


काठमाण्डाै – नेपालमा कोरोनाको संक्रमण हुनेको संख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घन्टामा ५ हजार ३२ जनाको पीसीआर परिक्षण भएकोमा ३११ जनामा संक्रमण पुष्टि भएको हो । २४ घन्टामा १२१ जना निको भएर घर फर्किएका छन् । योसहित कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाबाट अहिलेसम्म ४९ जनाले ज्यान गुमाएका छन् । मंगलवार कोरोनाको कारण बझाङ बुंगलका का ६५ वर्षिय वृद्धको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भयो
यसअघि सोमवार ३ जनाले ज्यान गुमाएका थिए ।

नारायणी अस्पताल वीगञ्जमा ६५ वर्षका भारतीय नागरिक आईतवार मृत्यु भएको थियो । यस्तै धनुषाको शहीदनगर नगरपालिका डुमरीयाका ३६ वर्षिय पुरुष र बाराको फेटा गाउँपालिका वडा नं ३ का ६० वर्षिय पुरुषको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो ।

काडमाडौंमा एकैदिन मंगलवार ४८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यसैगरी डोटीका ३५ र सेती प्रादेशीक अस्पतालमा गरिएको परिक्षणमा २३ गरी डोटीका ५८ जनामा संक्रमण पोजटिभ देखिएको छ । डा.गौतमका अनुसार अन्य संक्रमितहरुमा झापाका ३ जना, मोरङका १७ जना, ओखलढुंगाका १, सप्तरीका १५ जना, धनुषाका ८, महोत्तरीका ८, बाराका १, ईलामका १, पर्साका १३, भक्तपुरका १, कपिलवस्तुका ३४, काठमाडौंका ४८, नुवाकोटका १, सिन्धपाल्चोकका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै, दाङका १, गोरखाका १, ललितपुरका ३, रामेछापका १, नवलपरासीका १, कास्कीका २, लमजुङका २, स्याङजाका १८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै बाराका ४,रौतहटका १, मकवानपुरका १, दाङका ५, बाँकेका ३, नवलपरासी पूर्वका ५, रुपन्देहीका २, सुर्खेतका ३ जनामा संक्रमण पोजेटिभ देखिएको डा.गौतमले बताउनु भयो ।

अन्य संक्रमितहरु दैलेखका १, बझाङका ३, डोटीका ५३, अछामका १६, दार्चुलाका १, कैलालीका १८ जना तथा कञ्चनपुरका एक जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको तथ्यांक अनुसार हालसम्म ३ लाख ५२ हजार ३०७ जनाको पीसीआर परिक्षण गरिएको छ । ३ लाख ३३ हजार २४४ जनाको पीसीआर परिक्षणमा संक्रमण देखिएको छैन भने संक्रमित संख्या १९ हजार ६३ रहेको छ ।

देशभरको क्वारेन्टाईनमा १५ हजार ३३१ जना रहेका छन् । ५ हजार १३९ जना आईसोलेसनमा रहेका छन् भने १३ हजार ८७५ जना निको भएर घर फर्किएका छन् ।