नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डाै – नेपालमा पछिल्लो २४ घन्टामा देशभर २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ।
अाज संक्रमण देखिनेमा पर्साका ४९ जना, काठमाडौंका ४१, बाँकेका २० जना, नवलपरासी पूर्वका १६ जना, धनुषाका १४, बाराका १२, स्याङ्जाका १२ जना, झापाका १०, दैलेखका १० जना, सुर्खेतका ९ जना, बर्दियाका ८ जना, महोत्तरीका ६, बागलुङका ६ जना, कैलालीका ५ जना, धादिङका ४, सर्लाहीका ४ जना रहेका छन् ।

यसैगरी कास्की, लमजुङ र तनहुँ, दाङ र सल्यानका ३/३ जना, भक्तपुर, ललितपुर, सुनसरी, मोरङ, उदयपुर, रौतहट, सप्तरी, प्युठान, नुवाकोट, कञ्चनपुर र डडेल्धुरामा २/२ जना, खोटाङ, दोलखा, चितवन र नवलपरासी, गोरखा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही प्युठान, मुगु, जाजरकोट र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए ।

यसै गरी पछिल्लो २४ घण्टामा २ सय २७ जना निको भइ घर फर्किएका छन् । कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् । याे सँगै १४ हजार २ सय ४८ जना कोरोनाबाट मुक्त भएका छन्।