थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, ४जनाको मृत्यु


काठमाण्डाै- पछिल्लो २४ घन्टामा देशभर २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ। मन्त्रालयका अनुसार आज स‌क्रमित हुनेमा पर्साका ४१ जना, काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५/१५ जना, झापाका १३ र बैतडीका १० जना रहेका छन् ।

यसैगरी बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३/३ जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका २/२ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका एकएक जनामा समेत शुक्रबार संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा १ सय ५१ जना निको भइ घर फर्किएका छन् । यससँगै १४ हजार ३ सय ९९ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा थप ४ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेकाे छ ।