पछिल्लो २४ घन्टामा देशभर २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डाै – पछिल्लो २४ घन्टामा देशभर २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका हुन् । जसमा पर्साका ८१ जना, धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०/१०, ललितपुर र स्याङ्जाका ८/८ जना तथा महोत्तरी र कास्कीका ५/५ जना रहेका छन् ।

यसैगरी नवलपुर र लम्जुङका ३/३ जना, सर्लाही, रौतहट र तनहुँका २/२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एक/एक जनामा समेत अाइतबारनै संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा १ सय ११ जना निको भइ घर फर्किएका छन् । यससँगै १४ हजार ६ सय ३ जना कोरोनाबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ रहेको छ।‍