स्पेनमा गृह युद्वपछिकै ठुलो आर्थिक गिरावट


युरो जोनका बिभिन्न देशहरुमा पनि कोरोना भाईरस संक्रमणले व्यापाक प्रभाव पारेको भएपनि स्पेनमा गहिरो आर्थिक मन्दी देखापरेको छ। बीबीसीका अनुसार स्पेनमा सन् १९३० को गृह युद्वपछि कुल ग्राह्स्त उत्पादनमा ठुलो गिरावट देखिएको हो।यो बर्ष दोस्रो त्रैमासिममा स्पेनको कुल ग्राहस्थ उत्पादनमा करिव २० प्रतिशतले कमी आएको हो। स्पेनको आधुनिक ईतिहासमा देखिएको सबैभन्दा गहिरो मन्दी हो।

स्पेनले कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि मुलुकभर आपतकालीन अबस्था लागु गर्दै बिभिन्न ब्यबस्थाहरुमा प्रतिबन्ध लगाएको थियो। जसका कारण केहि उद्योगहरुमा ५० प्रतिशतसम्म गिरावट देखिएको बीबीसीले जनाएको छ। जुन महिनाको अन्त्यतिरबाट लकडाउन खुलाईएको भएपनि कैयौँ ब्यबसायहरु हालसम्म खुल्न सकेका छैनन्। 

यता स्पेनमा कोरोना भाइरस संक्रमण दोस्रो लहरमा पनि देखिएपछि मुलुकभर सुरक्षात्मक उपाय अपनाउन आग्रह गरिएको छ। 

ब्यापार ब्यबसायमा नेपालीहरुलाई पनि प्रभाव

स्पेनको पछिल्लो अबस्थाका कारण ब्यबसायमा जमेका तथा भर्खर सुरु गरेका नेपाली ब्यबसायीहरु पनि चिन्तित देखिएका छन्। स्पेनको क्याटालोनिया क्षेत्रमा कोरोनाको प्रभाव दोस्रो लहरमा देखिन थालेपछि ब्यबसायीहरु चिन्तित देखिएका हुन्। नेपालीहरुको बाक्लो बसाई रहेको यस क्षेत्रमा दर्जनौ रेष्टुरेन्ट तथा साना ब्यबसायहरुमा नेपालीहरुको लगानी रहेको छ। ब्यापार ब्यबसायमा प्रभाव परेका कारण बेरोजगार बन्नेको संख्या पनि तिब्र रहेको छ। 

फ्रान्स,बेलायत,जर्मनी लगायतका मुलुकहरुले आफ्ना नागरिकहरुलाई क्याटालोनियामा यात्रा नगर्न सिफारिस गरेका छन्।  युरो जोनका बिभिन्न मुलुकहरुले स्पेनको यात्रापछि क्वारेन्टिन बस्नुपर्ने बताएपछि यहाँको पर्यटन क्षेत्रमा गहिरो प्रभाव परेको छ। 

स्पेनको अधिकांश भाग यूरोपको औसत र बेलायतभन्दा पनि कम संक्रमण देखिएको भन्दै विदेश मन्त्रालयले प्रतिबन्ध फुकुवाका लागि बार्ता तथा छलफल गरिरहेको छ।