पछिल्लो २४ घन्टामा नेपालमा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डाै – पछिल्लो २४ घन्टामा नेपालमा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।
साेमबार संक्रमण पुष्टी हुनेमा सुनसरीका ५, झापाका १, मोरङका ४६ , झापाका ४, , सिराहका ३, सप्तरीका ५१, महोत्तरीका ३१ , धनुषाका ३०, बाराका ३, पर्साका ७१, भक्तपुरका ५, काठमाडाैंका ४३, ललितपुरका ३, कैलालीका ६७ , कञ्चनपुरका १६, रसुवाका १, बाराका १, रौटहटका २, चितवनका १, गुल्मीका १, सर्लाहीका २, दोलखाका १, कास्कीका ८, स्यांङजाका १, रुपन्देहीका १, बाँकेका ८ ,बर्दियाका १, दाङका १,सुर्खेतका २, दैलेखका २, रुकुम पश्चिमका २ र अछामका ४ जना रहेका छन् ।

यसै गरी पछिल्लो २४ घण्टामा ३ सय ५८ जना निको भइ घर फर्किएका छन् । यससँगै १४ हजार ९ सय ६१ जना कोरोनाबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ रहेको छ।‍