पछिल्लो २४ घन्टामा ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डाै – नेापलमा पछिल्लो २४ घन्टामा देशभर ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा २ सय ३३ जना निको भइ घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ ।

मन्त्रालयका अनुुसार पीसीआर विधिबाट हालसम्म ४ लाख १९ हजार ५७५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा भने ६ हजार ६२२ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४७० जना रहेका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ रहेको छ।‍ पछिल्लो समयमा मोरङ, पर्सा, सर्लाही, धनुषा, सप्तरी जिल्लामा मृतक थपिएसँगै ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारी जानकारी गराएको हो ।