गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १ हजार ५ सय ८७


पोखरा- गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमण हुनेको संख्या १ हजार ५८७ पुगेको स्वास्थ्य निर्देशनालयले बताएको छ । शुक्रवार दिउँसो पौने १ वजे अध्यावधिक गरिएको विवरण अनुसार ८ जना र बिहान साढे १० वजे गरिएको अध्यावधिक विवण अनुसार ४ सहित १२ जनामा संक्रमण पोजेटिभ देखिएपछि संक्रमितको संख्या १ हजार ५८७ पुगेको हो ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य निर्देशक, गण्डकी कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका वडा नं १९ का वर्ष ६८, ५८ र ८८ वर्षका तीन महिलामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै, पोखरा महानगरपालिका वडा नं १९ कै वर्ष ५७, ६०, ६० का तीन जना पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । वडा नं १५ की ३२ वर्षिया एक महिला र वडा नं ३२ का एक १९ वर्षिय किशोरमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ ।

शुक्रवार बिहान साढे १० वजे अध्यावधिक गरिएको विवरण अनुसार लुम्बिनी प्रादेशीक अस्पताल, रुपन्देही, क्षयरोग उपचार केन्द्र, पोखरा तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा नयाँ ४ जना संक्रमित थपिएका थिए ।

सक्रमित स्याङ्जाको गल्याङ वडा नं ३ का वर्ष २६ का एक पुरुष रहेका छन् । उनको लुम्बिनी प्रादेशीक अस्पताल, रुपन्देहीमा परिक्षण गरिएको हो ।

यस्तै, नवलपरासी पूर्व बिनयत्रिवेणीका वर्ष ४४ का पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । उनको क्षयरोग उपचार केन्द्र, पोखरामा परिक्षण गरिएको हो ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका वडा नं २, ८ का वर्ष २०, ५१ का दुई पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा परिक्षण गरिएको हो

यसैबीच, गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १ हजार ३८३ पुगेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

हालसम्म गण्डकीमा २७ हजार ११४ वटा नमूना संकलन गरिएकोमा २५ हजार ५२७ जनामा संक्रमण देखिएको छैन ।