पछिल्लो २४ घन्टामा नेापलमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डाै – पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । जसमा काठमाडौंका ९० जना, पर्साका ७३ जना, धनुषाका ३७, मोरङका २८, बाँकेका २१, सप्तरी र कपिलवस्तुका १७/१७ जना, महोत्तरीका १५ र रुपन्देहीका १० जनामा संक्रमण पुष्टि भएको छ । डोटीका ८, चितवनका ७, सुनसरीका ६, सिराहा, झापा, सर्लाही, बारा, नवलपुर, दाङ र जुम्लाका ४/४ जना, नुवाकोट र डडेलधुराका ३/३ जना, ललिपुर, बर्दिया, सुर्खेत र कालीकोटका २/२ जना तथा रौतहट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, दैलेख र बैतडीका १/१ जना छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा ४० जना निको भइ घर फर्किएका छन् । यससँगै १६ हजार ३ सय ५३ जना कोरोनाबाट मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ रहेको छ।‍