मुस्ताङका कुन्साङ गुरुङ भए पाँचौ विग आईकन


रेम बिक
पोखरा, ७ भदौ ।

मुस्ताङका कुन्साङ गुरुङ पाँचौ सँस्करणको विग आईकनको विजेता बनेका छन्। ग्राण्ड फिनालेमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई भोटिङमा हराउँदै उनले विग आईकनको उपाधी चुमेका हुन् । उपाधीसंगै उनले १ लाख ६० हजार बराबरको पियाजिओ बाईक र एक हप्ते बेलायतको साँगीतिक भ्रमण प्याकेज र एउटा म्यूजिक भिडियो पुरस्कार स्वरुप पाएका छन् ।

शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीले उनलाई विग आईकन घोषित गरेको हो । विजेता घोषित भएसंगै कुन्साङले आफु निकै खुशि भएको बताए । उनले आगामी दिनमा
संगीतलाई निरन्तरता दिने बताउँदै आफ्नो लागि संगीतको यात्रा बल्ल शुरु भएको उल्लेख गरे ।

1394012_814034088628458_4209708046616712581_n

प्रतियोगितामा चितवनका सन्दीप ढुंगाना फस्ट रनर अप भए भने धरानका राम लिम्बू सेकेन्ड रनरअप भए । यस्तै हेमजाकी ल्हामो डोल्कर प्रतियोगिताको थर्ड रनर अप भईन् । उपाधीसंगै फस्ट रनरअपले ७५ हजार रुपैँया, सेकेन्ड रनरअपले ५० हजार रुपैँेया प्राप्त गरेका छन् भने थर्ड रनरअपले दुई वटा गीत रेकर्ड गर्न पाउने अवसर प्राप्त गरिन् । यूरो एशिया एजुकेशन कन्सल्टेन्सीले थर्ड रनरअपका लागि गीत रेकर्डको व्यवस्था मिलाएको हो । शनिबार भएको ग्राण्ड फिनाले कार्यक्रम एफएमका कार्यक्रम संयोजक संजोग बस्याल, प्रस्तो रितु रानाभाट र गंगा घलेले होस्ट गरेका थिए ।

10636443_813928955305638_5649499745303463440_o

पाँचौ सँस्करणको विग आईकनको ग्राण्ड फिनालेमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका मह जोडीले मोफसलबाट यस्तो खालको ईभेन्ट गर्नु निकै खुशिको कुरा भएको बताए । “गायन प्रतिभाहरुका लागि यस्तो खालको मञ्च उपलब्ध गराएर विग एफएमले निकै ठुलो योगदान पुर्याएको छ ।” मदनकृष्ण श्रेष्ठले भने–“विग एफएमले यो प्रतियोगितालाई सँधै निरन्तरता देओस् भन्ने म चाहन्छु ।” यस्तै उनकै जोडी हरिवंश आचार्यले विग आईकनका विजेतालाई बधाई दिँदै सँगीतमा निरन्तरता दिन आग्रह गरे । यस्तै उनले विग एफएमबाट अन्य एफएमले पनि सिक्नुपर्ने धेरै कुराहरु रहेको उनले बताए । विग आईकनको विजेता घोषणा गर्दै उनीहरुले दर्शकहरुलाई क्यारिकेचर गर्दै हँसाएका समेत थिए ।

10317667_813930221972178_8189495778323794174_o

विग एफएमका अध्यक्ष महेश भण्डारीले पोखरालाई साँगीतिक शहर बनाउनका लागिविग एफएमले पनि विग आईकन आयोजना गरेर एउटा ईट्टा थप्ने प्रयास गरेको बताए । उनले विग आईकन ऐतिहासिक भएको उल्लेख गर्दै यसो हुुनुमा विज्ञापनदाता, स्रोता र सुभेच्छुकहरुको सहयोग महत्वपुर्ण रहेको बताए ।