स्याङ्जाका धनबहादुरको स्पेनमा मृत्यु,आईतबार दाहसंस्कार गरिदै


बार्सिलोना। भिरकोट नगरपालिका-१ दारसिंग स्याङ्जा मूलघर भएका ४१ बर्षिय धन बहादुर केसीको स्पेनको एक अस्पतालमा मृत्यु भएको छ। क्यान्सर रोगबाट पिडित केसीको उपचार कै क्रममा बुधबार दिउँसो भाल्द्रेवन हस्पिटलमा निधन भएको हो। केसी मूत्रथैलीको क्यान्सरबाट पिडित थिए। 

स्पेनमा स्थायी आबासीय अधिकार पाईसकेका उनि परिबारसहित बार्सिलोनामा बस्दै आएका थिए। उनका श्रीमती, एक छोरी र एक छोरा छन्।

यसैबीच एनआरएनए स्पेनले शोक विज्ञप्ति जारीगर्दै स्वर्गीय केसीप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै सोकाकुल परिवारमा धैर्य गर्ने शक्ति प्रदान गरून् भनी समवेदना व्यक्त गरेको छ।संघले अध्यक्ष दिनेश गुरुङको संयोजकत्वमा केसीको शव ब्यबस्थापन र सहयोगकालागि मूल सहयोग समिति गठन गरेको छ। 

स्वर्गीय केसीको अगस्ट ३० तारिख आईतबार अपरान्ह पौने ५ बजे मन्जुईमा दाहसंस्कार गरिने एनआरएनए आईसीसी सदस्य चिन्तामणी सापकोटाले जानकारी दिए।