नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई


काठमाडौं,- नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले जितेकी छिन्। नेपाल आइडलको स्टुडियो सम्पन्नमा ग्राण्ड फिनालेमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले चौलागाईंलाई विजेता घोषणा गरेका हुन्।

फर्स्ट रनरअप प्रवीण बेडुवाल र सेकेन्ड रनरअप किरणकुमार भुजेल भएको घोषणा अध्यक्ष थापाले गरे। एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा प्रवीण, सज्जा र किरणकुमार पुगेका थिए।

नेपाल आइडल–३ को उपाधिसहित विजेता सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन्। फस्ट रनरअप बेडुवालले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन्।

आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको छ। आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन्।

निर्णायकमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन्। मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक, पप र भर्सटायल गायिका हुन्।