नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०७ पुग्याे


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमा काठमाडौंका १५५ जना, ललितपुरका १९ जना, भक्तपुरका १२ जना, सर्लाहीका ८३ जना, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१/२१ जना, झापा र बाँकेका २०/२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/ १९ जना, कञ्चनपुरका १७, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६/२६ जना, सुसनरीका २४, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९/९ जना छन् । यससँगै कोरोना संक्रमितकाे कुल संख्या ३७ हजार ३४० पुगेकाे छ ।
कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०७ पुगेकाे छ । शनिबार थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ६ लाख ६९ हजार ६२६ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ५ सय १६ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ३५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ। हाल सकृय संक्रमितको संख्या १६ हजार ५ सय ७८ जना रहेको मन्त्रालयले जनाएकाे छ ।