अनलाईन नृत्यको उपाधि बिल्बाउकी रिस्ताले जितिन् 


बार्सिलोना। स्पेनमा पहिलो पटक आयोजना भएको अनलाईन नृत्यको उपाधि बिल्बाउ निबासी रिस्ता सुनारले जितेकी छिन्। २२ जना प्रतियोगीहरुबीच उनले पहिलो स्थान हासिल गरेकी हुन्। प्रतियोगितामा बार्सिलोना निबासी सोनिया सोनिया भण्डारी र शिक्षा भट्टराईले क्रमश: दोस्रो र तेस्रो बनेका छन्। 

प्रबासी नेपाली एकता मञ्च स्पेनले हरितालिका तीजको अबसरमा अनलाईन नृत्य प्रतियोगिताको आयोजना गरेको थियो। प्रतियोगिताको बिजेतालाई  २ सय १ युरो,दोस्रोलाइ १ सय ५१ युरो र तेस्रो स्थानप्राप्त गर्ने प्रतियोगीले १ सय १ युरो नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। 

प्रतियोगितामा रिचा पन्त (पाईसभास्को),सुमित्रा सिग्देल (म्याड्रिड),दिया भण्डारी (बार्सिलोना),सुस्मिता गिरी (म्याड्रिड),रिस्ता सुनार (बिल्बाउ),श्रिया उपाध्याय (बार्सिलोना),मेरिना सुबेदी (बार्सिलोना),मोनिका खनाल (बार्सिलोना),लिदिया भुसाल (बार्सिलोना),ईसिका अधिकारी (बार्सिलोना) र नविना पुन  (म्यालेन्सिया) प्रतिस्पर्धामा उत्रिएका थिए। 

यस्तै सिरिसा दाहाल (बिल्बाउ),शिक्षा भट्टराई (बार्सिलोना),नेयसा श्रेष्ठ (बार्सिलोना),सुजता कडेल (बार्सिलोना),सरिता सिग्देल (म्याड्रिड),स्वेता आचार्य (बार्सिलोना),सोनिया भण्डारी (बार्सिलोना),इन्द्रवती श्रेष्ठ (म्याड्रिड),प्रेरेना रिजाला (बार्सिलोना),अनिता कार्की (म्याड्रिड) र  बिबिका गौतम(बार्सिलोना) सहभागी बनेका थिए।  

फेसबुकमा सेयर भएको भिडियोमा प्राप्त लाईक र सेयरलाई आधार मान्दै  ३० प्रतिशत र बाँकी निर्णायक मण्डलको निर्णयबाट मुल्याङ्कन गरिएको थियो। निर्णायक मण्डलमा चर्चित नृत्य निर्देशक शंकर बिसी,ईनास युरोपका संयोजक शन्त कुमार थापा र बिश्व कलाकार संघ स्पेनका उपाध्यक्ष अजय लोप्चन रहेका थिए। निर्णायक मण्डलका सदस्य थापाले प्रतियोगिताको नजिता भिडियो कन्फेरेन्समार्फत सुनाएका थिए। 

सोमबार सम्पन्न अनलाईन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै स्पेनका लागि नेपाली राजदूत दावाफुटि शेर्पाले कार्यक्रम निरन्तरताका लागि शुभकामाना ब्यक्त गरिन्। सहभागीहरुलाई हौसला प्रदान गर्दै राजदूत शेर्पाले यस्ता गतिबिधिले नेपाली कला र संस्कृतिको पहिचान झल्कने बताईन्। 

हरेक बर्ष तिज बिशेष कार्यक्रम हुँदै आएको भएपनि यसपटक कोरोना भाईरस प्रकोपका कारण अनलाईन मार्फत कार्यक्रमको निरन्तरता दिएको मञ्चका अध्यक्ष हेम शेर्पाले बताए। कार्यक्रममा एनआरएनए आईसीसी सल्लाहकार पुष्पराज तिमिल्सिना,युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ,एनआरएनए अध्यक्ष दिनेश गुरुङ,गंगाप्रसाद भुसाल,अर्जुन आचार्य लगायतले शुभकामाना ब्यक्त गरेका थिए। जुम मार्फत सम्पन्न भर्चुअल कार्यक्रमको संचालन मञ्चका सचिव अशोक किरण न्यौपानेले गरेका थिए।