मेस्सी बार्सिलोना छाड्ने मनस्थितिमा किन पुगे ?


र्चित फुटबल खेलाडी लियोनल मेसी अन्तत: स्पेनिस क्लब बार्सिलोना छाड्ने मनस्थितिमा पुगे । उनले  हालै आफूले क्लब छाड्न चाहेको भन्दै रिलिज गरिदिन पनि बर्सिलोनालाई आग्रह गरेका छन् ।स्पेनिस अनलाइन मार्काले मेसीले क्लब छाड्न चाहनुको १० कारण उल्लेख गरेको छ । जसमा खेलकुदसम्बन्धी र नीतिगत दुबै कारण रहेका छन् । के हुन् त ती कारण  ?

१. कोरोना महामारीका कारण सिजन ढिला गरी अन्त्य हुँदा मेसीले चाहेको बेलामा क्लब छाड्न पाउने समयसीमा लम्ब्याइएको छ । यस्तो समयसीमा यसअघि जुन १० सम्म थियो ।

२. मेसीको सम्झौताको अन्तिम वर्ष उनको रिलिज मूल्य ७०० मिलियन युरो रहने छैन ।

३. जोसेफ मारिया बार्तोमेउले धेरै अन्तर्वार्ताहरुमा भनेका छन् कि मेसीले चाहेको बेला छाड्न सक्छन् ।

४ पछिल्लो समय बार्सिलोनासँग महत्वाकांक्षी योजनाहरु छैनन् र मेसी टिमको भविष्यप्रति आश्वस्त हुन सकेका छैनन् । बार्सिलोनाले खेल जित्ने आशा केही समययता मेसीमै निर्भर देखिएको छ ।

५. प्रशिक्षक एर्नेस्टो भेलभर्डे बर्खास्त गर्दा अपनाइएको तरिका र समयप्रति मेसिलाई चित्त बुझेको थिएन ।

६. क्लब सञ्चालक समितिसँग मेसीको असन्तुष्टि । पछिल्ला महिनामा क्लबका धेरै गतिविधि मेसीलाई चित्त बुझेको छैन ।

७. क्लबका अन्य महत्वपूर्ण व्यक्तिसंगको बिग्रदो सम्बन्ध । जस्तै एरिक अबिदाल जसले भेलभर्डे बहिर्गमन हुनुमा अरु खेलाडीलाई आरोप लगाए ।

८. मेसीको प्रस्तावलाई क्लबले सुनेको छैन । उनले एकेडेमीको उपयोगसहित क्लबको लागि राखेको विभिन्न विषयमा क्लबले विश्वास नगरेको ।

९. मेसीले सोचे कि अहिलेको समय बार्सिलोनाको एक युगको अन्त्य हो । उनी क्लबका सिनियर खेलाडीहरुले छाड्ने र नयाँ खेलाडीलाई टिममा स्थान दिने जेरार्ड पिकेको चाहनाको पक्षमा लागे ।

१० .मेसी र उनको परिवार बार्सिलोनामा सोसल मिडियाको तारो बनेको थियो ।