पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४ सय ६४ र पुरुष ८ सय ९५ रहेका छन् ।
स‌क्रमण पुष्टि हुनेमा काठमाडौंका ३ सय ८६, भक्तपुरका ३६, ललितपुरका ३२ जना, चितवनका ८२ जना, सर्लाहीका ८०, मोरङका ७६, कैलालीका ५२, सुनसरीका ४९, बाँकेका ४८, महोत्तरीका ४६, रुपन्देहीका ४४,काभ्रे, कपिवलस्तु र दाङका ७/७ जना, पाल्पाका ६, नुवाकोट र कञ्चनपुरका ५/५ जना, सिन्धुपाल्चोक र डोटीका ४/४ जना, स्याङ्जा, दार्चुला, बझाङ र बैतडीका ३/३ जना छन् ।

यसैगरी धनुषाका ४३, झापा र नवलपुरका २८/२८ जना, पर्साका २७, सप्तरी र गोरखाका २६/२६ जना, सुर्खेतका २२, बारा र जुम्लाा २१/२१ जना, कास्कीका २०, धादिङका १९, मकवानपुरका १८, बर्दियाका १४, रामेछापका १३, तनहुँका १२, लमजुङका १० र दैलेखका ९ जना ओखलढुंगा, खोटाङ, रौतहट, दोलखा, सिन्धुपाल्चोक र गुल्मीका २/२ जना तथा उदयपुर, सिराहा, रसुवा, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र अछामका १/१ जना छन् । यो सँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
२४ घन्टामा डिस्चार्ज १३ सय ५४ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।