अर्थमन्त्री खतिवडाद्वारा राजीनामा


काठमाडौँ — अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । सरकारको प्रवक्तासमेतको जिम्मेवारीमा रहेका खतिवडाले शुक्रबार साँझ पदबाट संविधानबमोजिम राजीनामा दिएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

संविधानमा संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनामात्र मन्त्री पदमा रहनसक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्री बनेका खतिवडा त्यसरी नियुक्त भएको भदौ २० गते ६ महिना पुग्दै थियो । खतिवडाले आफ्नो कार्यकालमा नेपालको अर्थतन्त्रको आधार तयार पारिएको बताएका थिए । 

राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको सिट रिक्त छ । उक्त सिटमा नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडा सरकारबाट बाहिरिएका हुन् ।