जहाँ छन् बुद्धका आँखा,गितार भर्सनमा 


जहाँ छन् बुद्धका आँखा

स्निग्ध शान्त र सुन्दर

त्यहाँ छ शान्तिको क्षेत्र

मेरो राष्ट्र मनोहर

प्राणभन्दा प्यारो लाग्छ

मेरो देश कता कता

छल्किन्छ ममता मेरो

भाव गंगा जता तता

भक्तराज आचार्यको स्वर तथा सङ्गीत रहेको यो गीत नसुन्ने सम्भवत: नेपाली कमै होलान्।  बमबहादुर थापा जितालीका मर्मस्पर्शी शब्दहरु रहेको यो गीत नेपाली सांगीतिक दुनियाँमा लोकप्रिय गीतहरु मध्येको एक मानिन्छ।

हामीमाझ लोकप्रिय यसै गीतलाई स्पेनको बार्सिलोनामा रहेको सुरज मैनाली प्रोडक्सनले नयाँ रुपमा प्रस्तुत गरेको छ। तयार गरिएको नयाँ भिडिओमा शब्द वा स्वर भने छैन। गितारको धुनलाई नै  मुख्य रूपमा प्रयोग गर्दै गितार भर्सनको रुपमा रिलिज गरिएको छ। भिडीओमा गितारबादक अजय गुरुङ काजीको जोडदार प्रस्तुति देख्न सकिन्छ। अडियो तथा भिडीओं निर्देशन सम्पादन भने संगीतकर्मी सुरज मैनालीले गरेका हुन्। प्रबासमा रहेर पनि संगीतको क्षेत्रमा कुनै न कुनै रुपमा योगदान दिईरहने मैनाली बताउँछन्।