नेपालमा कोरोना भाइरसबाट थप १० जनाको मृत्यु


काठमाण्डौ – नेपालमा कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वषीय पुरुषको मृत्यु भएको छ ।

यस्तै ललितपुरमा ४२ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी बारामा ४० वर्षीय पुरुष, रुपन्देहीमा ७२ वषीय पुरुष, बर्दियामा ६३ र ५० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

यसैगरी नेपालमा थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुषमा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

आज ८ सय ८५ जना डिस्चार्ज भएका छन । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । आज देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन । आइसियुमा २ सय २५ र भेन्टिलेटरमा ३३ जना संक्रमित उपचाररत रहेका छन ।