स्वर्गीय धनबहादुरको परिबारलाई सहयोग रकम हस्तान्तरण 


 

बार्सिलोना। स्वर्गीय धनबहादुर केसीको परिवारलाई एनआरएन स्पेन लगायत संघसंस्थाहरुले आईतबार बार्सिलोनामा रकम हस्तान्तरण गरेका छन्। एनआरएनए स्पेनको नेतृत्वमा बिभिन्न संघसंस्था तथा नेपाली समुदायबाट १५ हजार ३ सय ६२ युरो संकलन भएको थियो। शव ब्यबस्थापनका लागि २ हजार ६ सय ७१ युरो र काजकिरिया खर्च २ हजार १ सय ४० युरो संघकै ब्यबस्थापनमा खर्च भएको छ। बाँकी बचत रकम १० हजार ५ सय ७१ युरो स्वर्गीय केसीको परिबारलाई हस्तान्तरण गरिएको हो। 

 भिरकोट नगरपालिका-१ दारसिंग स्याङ्जा मूलघर भएका ४१ बर्षिय केसीको बार्सिलोनाको भाल्द्रेवन हस्पिटलमा निधन भएको थियो उपचार कै क्रममा ज्यान गुमाएका केसी मूत्रथैलीको क्यान्सरबाट पिडित थिए। स्पेनमा स्थायी आबासीय अधिकार पाईसकेका उनि परिबारसहित बार्सिलोनामा बस्दै आएका थिए। उनका श्रीमती, एक छोरी र एक छोरा छन्।

एनआरएनए स्पेन अन्तर्गत बार्सिलोना केन्द्रबाट २ हजार ४० युरो,एनआरएनए म्याड्रिड क्षेत्रीय समिति( म्याड्रिडका संघसंस्था सहित) १ हजार ५ सय ३९ युरो,पाईसभासको क्षेत्र १ हजार ३ सय ८९ युरो संकलन भएको छ। यस्तै ग्रान क्यानेरिया क्षेत्र ४ सय २० युरो,नेपाल स्पेन समाज कोष्ट़ाब्लान्का १ हजार ७५ युरो र नेपाली समाज मायोर्काबाट ५ सय ९६ युरो गरी संघ मार्फत ६ हजार ९ सय ७९ युरो संकलन भएको छ। स्वर्गीय केसीको परिबारका लागि स्याङ्जा सहयोग समाज स्पेन २ हजार ९ सय १९ युरो संकलन गरेको छ। 

यसैगरी म्याग्दी समाज स्पेन ४ सय ९२ युरो,पर्बत समाज स्पेन ५ सय ३८ युरो,नेपाली एकता समाज १ सय युरो,कास्की आदर्श समाज स्पेन ५ सय ४० युरो र तमु समाज स्पेनले ५ सय १८ युरो संकलन गरेको छ। 

प्रबासी नेपाली एकता मञ्च स्पेनले ५ सय १ युरो,तामाङ् समाज स्पेन २ सय ५ युरो,जीपी फाउन्डेसन स्पेन १ सय ४२ युरो, जनसम्पर्क समिति स्पेन ३ सय २१ युरो, बाग्लुङ्ग समाज स्पेन ५ सय १ युरो,नेवा पासा पुच स्पेन ३ सय ६५ युरो,  चितवन समाज स्पेन ८ सय ५२ युरो,पुर्बेली नेपाली एकता समाज १ सय ७८ युरो र मगर समाज स्पेनले २ सय ११ युरो सहयोग गरेको छ।

एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङको संयोजकत्वमा केसीको शव ब्यबस्थापन र सहयोगकालागि मूल सहयोग समिति गठन भएको थियो। स्वर्गीय केसीको अगस्ट ३० तारिख आईतबार मन्जुईमा दाहसंस्कार सम्पन्न भईसकेको छ। 

यसैबीच स्वर्गीय केसीको परिबारलाई क्षेत्री समाज स्पेनले ४ हजार ३ सय २७ यूरो पचास सेन्ट संकलन गरी हस्तान्तरण गरिसकेको छ। योसँगै स्पेनको नेपाली समुदायबाट धन बहादुरको परिबारलाई १९ हजार ६ सय ८९ युरो ५० सेन्ट संकलन भएको छ।