पछिल्लो २४ घण्टामा २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ७ सय ८४ पीसआिर परीक्षण भएकोमा ८ सय ३० महिला र १४ सय २३ जना पुरुषमा संक्रमण देखिएको हो ।  देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको छ । देशभरी १० हजार ३ सय २६ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

यसैगरी नेपालमा कोरोना भाइरसबाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनमा ५५ वर्षीया महिला, बाँकेमा २५ वर्षीया महिला र कञ्चनपुरमा २९ वर्षीया महिला रहेका छन । यस्तै काठमाडौंमा ५५ वर्षीय पुरुष, ललितपुरमा ७७ वर्षीय पुरुष र बाँकेमा ६० वर्षीय पुरुषको पनि कोभिडबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।

यस्तै होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना रहेका छन ।आज १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन् । देशभरी ६४ हजार ६९ जनामा संक्रमित डिस्चार्ज भएका छन ।

मन्त्रालयले कोभिडको संक्रमण बढीरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही दशैं मनाउन अपिल गर्नुभयो ।