इन्जिनियर्स एसोसीएसन नेदरल्यान्ड्सको अध्यक्षमा मैनाली


नेदरल्यान्ड्स/  नेदरल्यान्ड्समा रहेका नेपाली भाषी इन्जिनियरहरुको संगठन इन्जिनियर्स एसोसिएसन नेदरल्यान्ड्सको अध्यक्षमा डी पी. शर्मा मैनाली सर्वसम्मत चयन भएका छन्। नेदरल्यान्ड्समा लामो समय देखी स्थायी बसोबास गर्दै शैक्षिक क्षेत्रमा बिशेष भूमिका निभाएका देल्फ्त युनिवर्सिटी अफ टेक्नोलोजी नेदरल्यान्ड्सका इन्जिनियर मैनालीले संगठनको नेतृत्व सम्हालेका हुन्। 

भर्चुअल सम्मेलनमार्फत सम्पन्न प्रथम अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिती समेत गठन गरेको छ। एसोसिएसनको उपाध्यक्ष्यमा शसी दाहाल (आइ टी इन्जिनियर) सचिव: समीप कार्की (सिविल इन्जिनियर ) उप- सचिव: अनुराग भम्बानी (सिविल इन्जिनियर / पिएचडी अध्ययनरत) कोषध्यक्ष्य: रेनुका गुरुङ श्रेष्ठ (डाटा बैज्ञानीक) सह्- कोषाध्यक्ष्य : निकी श्रेष्ठ (आइ टी इन्जिनियर) को- अर्डिनेटर : नवराज गजमेर (इलेक्ट्रोनिक इन्जिनियर) सह – जिग्मे गुरुङ (इलेक्ट्रोनिक इन्जिनियर) र आइटी कोअर्डिनेटर: विश्वाश शाह (आइ टी इन्जिनियर) रहेका छन्। 

यस्तै सदस्यहरुमा सरु श्रेष्ठ (एरो स्पेस इन्जिनियर) ,सुमन भट्टराई (सिविल इन्जिनियर / पिएचडी अध्ययनरत) प्रविन बस्नेत (सिविल इन्जिनियर), सन्दीप मिश्र (सिविल इन्जिनियर) र अशिम रिजाल (सिविल इन्जिनियर / पिएचडी) रहेका छन्। 

आफ्नो पेशा र ब्यक्तिगत जीवन समेतको सुरक्षाको ग्यारेन्टी गर्दै नेपालमा प्रविधी हस्तान्तरणको मुल नारासहित उपलब्धीमुलक कार्यक्रम ल्याउने नव निर्वाचित अध्यक्ष मैनालीले प्रतिबद्वता  ब्यक्त गरेका छन्। 

सन् २०१५ मा डाभोसद्वारा प्रकाशित विश्व आर्थिक मञ्चको  घोषणापत्र अनुसार सन् २०२० को सुरुवात संगै दुई करोड कर्मचारी हटाइने र त्यसलाई थप २० लाख इन्जिनियरहरुद्वारा प्रतिस्थापन गरिने प्रतिबद्दतासंगै इन्जिनियरहरुमा थप जिम्मेवारीको महसुस गरी डाएस्पोरामा रहेका कुशल जनशक्तिलाई एक सुत्रमा बांध्नु पर्ने आवस्यकतालाई मध्यनजर् गरी यसको गठन गरिएको  उनले बताए। हाल आएर विश्व आर्थिक मन्चको घोषणापत्र सत्य साबित भएको परिप्रेक्ष्यमा नेपाली भाषी इन्जिनियर्स एशोसिएशनले बर्तमान अवस्थामा महत्वपूर्ण तथा ठोस् भूमिका खेल्नु पर्ने कुरामा समेत मैनालीले जोड दिएका छन्। 

बिज्ञानको आविष्कार नेदरल्यान्ड्स बाटै भएको र प्रसिद्द बैज्ञानीक अर्बर्ट आइन्स्टाइनले १३ बर्ष प्रोफेसर रही बिज्ञानलाई मुर्त रुपमा स्थापित गरेको देश नेदरल्यान्ड्स भएकै कारण पनि नेपाली भाषी इन्जिनियर्स एशिसिएशन गठन गर्दै दोस्रो युवा पुस्तालाई हौसला प्रदान गर्न पाउनु एशोसिएसनको प्रमुख उदेश्य रहेको पनि जनाइएको छ।