राजेश बने सिंगिंग स्टार, पूर्णले जिते डांसिंग स्टारको उपाधि 


प्रकाश तिवारी,स्पेन। डेनमार्क निबासी प्रतिभावान कलाकार राजेश लामाले इनास ग्लोबल सिंगिंग स्टार २०२० को उपाधि जितेका छन्। कोभिड- १९ का कारण  यसपटक अनलाईनमार्फत भएको प्रतियोगिताको उपाधि लामाले चुमेका हुन्। गायनतर्फ नै नेपालबाट सहभागी शान्ति राइ पहिलो रनरअप र र चेक रिपब्लिकका डा. विजय गुरुङ दोस्रो रनरअप बन्न सफल भएका छन्। 

यस्तै इनास ग्लोबल डांसिंग स्टारको उपाघी नेपालका पूर्ण लामाले चुमेका छन्। नेपालबाट नै सहभागी प्रतियोगी शेखर घर्तिमगर पहिलो रनरअप र रबिता मगर दोस्रो रनरअप बनेकी छिन्। 

दुवै विधातर्फ उपाधि चुम्ने कलाकारलाई ५१ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने ईनासले जनाएको छ। यस्तै दोस्रो र तेस्रोलाई क्रमश:२५ हजार र १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्रले सम्मान गरिने भएको छ।  १० दिनभित्र नगदसहित डिजिटल प्रमाणपत्र उपलब्ध गराउने आयोजकले बिज्ञप्तिमार्फत जनाएको छ। कोभिडपछि एक कार्यक्रमकाबीच ट्रफी,प्रमाणपत्रसहित बिजेता कलाकारहरुलाई सम्मान गरिने बताईएको छ।  

दुवै विधातर्फका बिजेता कलाकारलाई इनासले एक बर्षका लागि अवैतनिक सदभावना दूत समेत नियुक्त गर्ने भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा प्रस्तुतिको लागि अवसर प्रदान गर्ने,चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्न पहल गरिने पनि इनासले जनाएको छ। 

फेसबुक पोष्टमार्फत प्राप्त लाईक संख्या तथा निर्णायकहरुको निर्णयको आधारमा बिजेता घोषणा गरिएको आयोजकले जनाएको छ।

प्रतियोगीहरुको बृस्तित नतिजा यस्तो रहेको छ।