नेपालमा गत २४ घण्टामा पाँच हजार ८ जनामा कोरोना नयाँ संक्रमण पुष्टि


काठमाडौ- नेपालमा गत २४ घण्टामा पाँच हजार ८ जनामा कोरोना नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो ।
गत २४ घण्टामा १९ हजार ३२० मा पिसिआर गरिएको छ । त्यो सँगै हालसम्म ११ लाख ६४ हजार ५५७ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या चार हजार ६८६ छ । प्रदेश अनुसार प्रदेश १ मा ४४१, प्रदेश २ मा १२८, बाग्मती प्रदेशमा ३९६, गण्डकी प्रदेशमा ६११, लुम्वीनी एक हजार ५०७, कर्णाली प्रदेशमा ४४२ र सुदुरपश्चिम प्रदेशमा एक हजार १६१ जना छन् । सङ्क्रमण मुक्त भई हालसम्म घर फर्कनेको सङ्ख्या ७४ हजार २५२ छन् ।

गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार २२९ जना रहेको गौतमले जानकारी दिनुभयो । हालसम्म देशभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ८१८ छ । संस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङख्या १३ हजार ६५४ छ । प्रदेश १ मा एक हजार ४७७, प्रदेश २ मा ५०९, बाग्मती प्रदेशमा नौ हजार १०३, गण्डकी प्रदेशमा ६२५, लुम्बिनी प्रदेशमा एक हजार २७२, कर्णाली प्रदेशमा ५५४ र सुदुरपश्चिम प्रदेशमा ११४ जना हुनुहुन्छ ।

हालसम्म कोभिड–१९ बाट ६१४ जनाको मृत्यु भएको छ । पाँच सय बढि सङ्क्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, बाँके, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ रहेका छन् ।