नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो


काठमाण्डौ – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २० जना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ३ हजार १ सय १४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७९ हजार ६सय १४ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४२ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४१ हजार १ुय ३४ पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४सय ७६ रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म १४ लाख ८० हजारको पीसीआर परीक्षण गरिएको मन्त्रालले जनाएको छ ।
हाल ३० हजार ६९४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३७२ जना आईसीयू र ६८ जना भेन्टिलेटरमा छन् ।