पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना पुष्टि


काठमाण्डौ -होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । न्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिइ कोरोना संक्रमण निको भएकासँग सोधेर औषधि खाने गरेको पाइएको बताए ।

यता नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशभरमा ३ हजार ३०९ जनामा कोरोना पुष्टि भएका छन् । आज देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ९सय ११ रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४४ को पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्ल्लो २४ घण्टामा ३ हजार ८४४ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ३० जना पुगेको छ । योसँगै कोरोना निको हुनेको संख्या १ लाख ४४ हजार ८७८ पुगेको छ।