नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुग्यो


काठमाण्डौ- नेपालमा पछिल्लाे २४ घण्टामा पीसीआर थप १२ हजार ३११ जनाको भएको छ भने नयाँ संक्रमित २ हजार ८१७ जना थपिएका छन् । आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप २ हजार ८१२ जना संक्रमणमुक्त भएपछि निको हुनेको कुल संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । याेसँगै देशभर सक्रिय काेराेना संक्रमितकाे संख्या ३५ हजार ४ सय १९ रहेकाे छ ।

यसैबीच बितेको २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११०८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ६ हजार २२२ जना मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् ।