नेपालमा कोरोना संक्रमित हुनेकाे कुल संख्या २ लाख नाघ्याे


काठमाण्डौ – नेपालमा कोरोना संक्रमित हुनेकाे कुल संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ५६९ जना संक्रमित थपिएसँगै नेपालमा २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । यस्तै हालसम्म मृतकको संख्या ११ सय ७४ पुगेको छ । यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना निको भएका छन् भने १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लाे २४ घण्टामा १ हजार ६६६ जना निको भएका छन् । यस्तै ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना निको हुने दर ८० प्रतिशत रहेको छ भने अझै क्वारेन्टिनमा ११०९ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११७४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ ।