नेपालमा थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार २२ नमूना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मुलुकभर संक्रमितहरुको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ भने मृतकको संख्या ११८९ पुगेको छ । पछिल्लो २४ घण्टामा २३४९ जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।
देशभर संक्रिय संक्रिमितको संख्या ३८ हजार ४६१ पुगेको छ । आज थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११८९ पुगेको हो ।
देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् । उनीहरुमध्ये २९ हजार ३८४ होम आइसोलेसनमा छन् भने ३७३ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।