थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ — नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ३३ पीसीआर परीक्षण गर्दा सो स‌ख्यामा स‌क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ९३ हजार ८ सय ५० परीक्षणहरु गरिएका छन् । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

साेही अविधमा कोरोनामुक्त हुनेकाे स‌ख्या ३ हजार ५ सय ३७ रहेकाे छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २ पुगेको छ ।