कोहोरा कहरले रोकेन स्वीट्जरल्याण्डमा देउसी भैलो


जुरिख। स्विस सरकार तोकेको सुरक्षा मापदण्ड अपनाउदै स्वीट्जरल्याण्डका नेपालीहरुले देउसी भैलो खेलेका छन्। कोरोना कहरकाबीच पनि आँफूहरु मात्र हैन स्विस नागरिकहरुलाई पनि भैलो गीतमा नचाएका हुन्।

गतवर्ष झै यो पटक पनि सानो समूह बनाई नेपाली मौलिकता झल्कने गरी देउसी भैलो खेलेको स्वीस निबासी एक नेपाली रेशम खत्रीले जानकारी दिए। उनले भने,”कोरोनाको कहरकाबीच पनि स्थानीय नियमको पालाना गर्दै आफ्नो परम्परालाई निरन्तरता दिएका हौ। प्रतिकुलतामा पनि अनुकुलता खोज्ने हाम्रो प्रयास हो। तर सबैलाई सजग र संयमित बन्न अनुरोध गर्दछौ।”

करिव २ दशक देखि स्वीट्जरल्याण्ड बस्दै आएका सुवर्ण प्रसाद भट्टराईले देउसी भैलो यसपटक पनि प्रभावकारी बनेको बताए। “ गत बर्षको देउसी भैलो मार्फत रुकुमको एक बालगृहकालागि सहयोग गरेका थियौं। अहिले समय अनुकुल नभएपनि निरन्तरता दिने प्रेंरेंणा त्यहीबाट नै मिल्यो।” उनले भने।

देउसी भैलोमा सहभागीहरुले अनिबार्य मास्क प्रयोग गरेका थिए।