पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । याेसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९सय १७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७सय ८० पुगेको छ।

यता पछिल्लाे २४ घण्टामा काेराेना स‌क्रमणका कारण थप १२ जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको छ । याे सँगै हालसम्म नेपालमा १ हजार २ सय ५९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।