थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ३ जना संक्रमित थपिएसँगै नेपालमा हालसम्म कवरोना स‌क्रमित हुनेको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार २ सय ७६ पुगेको छ । बिहीबार मात्रै यसको संक्रमणबाट निको भई दुई हजार ८ सय ५८ जना घर फर्किएका छन्। नेपालमा हाल कुल २८ हजार एक सय ६ जना सक्रिय संक्रमित छन् ।