नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुग्याे


काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ ।

उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना संक्रमणमुक्त भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार १९ हजार १४ जना होमआइसोलेसनमा रहेका छन् भने ४०३ आईसीयू र ६३ जना भेन्टिलेटरमा छन् ।