पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६६९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै ५६९९ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।

आइतबारसहित अहिलेसम्म नेपालमा २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म एक लाख ९९ हजार २४ जनालाई कोरोना संक्रमण निको भइसकेको छ । त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय २१ जनाले ज्यान गुमाएका छन्।