नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १९८० जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् । साथै ३ हजार ४३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ । २ लाख २ हजार ६७ जनालाई कोरोना संक्रमण निको भइसकेको छ। त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट १३३७ जनाले ज्यान गुमाएका छन् ।

यस्तै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म १८ हजार ८ सय ८४ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २९ जना रहेका छन् । हालसम्म पीसीआर विधिबाट १६ लाख ७० हजार ४५६ परीक्षणहरु गरिएका छन् ।