नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुग्यो


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

मंगलबार देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४ हजार ८सय ५८ पुगको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको जनाकारी दिएको छ। यो सँगै मृतकको संख्या १ हजार ३३१ पुगेको छ ।
हाल देशभर १७ हजार ८५९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३९३ जनाको आईसीयू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।