थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभरि कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतममा अनुसार पछिल्लो २४ घण्टामा देशभरि ३१४० जना संक्रमणमुक्त भएका छन् ।

यससँगै कोरोना निको हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ रहेको छ, भने संक्रमण मुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २सय १० जनाको पीसीआर परीक्षण भएको र हालसम्म पीसीआर संख्या १६ लाख ९० हजार ५०९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरि कोरोना संक्रमणबाट थप २८ जनाले मृत्यु भएको छ, यस सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या १३८९ पुगेको छ ।

देशभर १६ हजार ६३९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३४५ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।