नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । हाल देशभरि सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।