नेपाल समाज एसोसिएसनले पायो स्पेनमा वैधानिकता  


बार्सिलोना।  सामाजिक रुपमा सक्रिय रहदै आएको “नेपाल समाज एसोसिएसन” स्पेनमा बैधानिक रुपमै दर्ता भएको छ।  यसअघि नेपाल स्पेन समाज कोष्टाब्लान्काका रुपमा परिचित रहेको संस्थाले स्पेनमा हालै बैधानिकता पाएको हो। समाजका अध्यक्ष अक्कल बहादुर बोहोराका अनुसार समाजको पुरानो नाममा नै दर्ता गर्न कानुनी कठिनाइ भएकाले परिमार्जित रुपमा दर्ता गरिएको हो। 

यसैबीच समाजले अध्यक्ष बोहोराको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ। समाजको उपाध्यक्षमा बिनोद शेरचन, रिता आचार्य,देवराज सापकोटा र लक्ष्मण पाण्डे चयन भएका छन्। महासचिवमा नवराज दुवाडी,सचिव अनुपसिंह भण्डारी, कोषाध्यक्षमा दुर्गा भण्डारी, युवा संयोजक बाबुराम गौतम र महिला संयोजकमा स्मृति गौतम रहेका छन्। 

यस्तै कार्यसमितिका सदस्यहरुमा द्वारिका लामिछाने,इश्वर गौतम,भरतराज न्यौपाने,रुद्र खत्री,महदत्त कडेल र मन्जना पाण्डे चयन भएका छन्। अध्यक्ष बोहोराले खिमु गिरि,समर पुन र बिश्वनाथ ढुंगानालाई पनि सदस्यमा मनोनित गरेको जनाएका छन्। समाजको प्रबक्तामा सन्तोष अर्यालले जिम्मेबारी पाएका छन्।  

समाजका अभियन्ता लाल बहादुर केसीले सोमबार कोष्टाब्लान्कामा एक कार्यक्रमकाबीच पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए। बर्षौ अघिदेखि समाज सक्रिय रहदै आएको भएपनि स्पेनमा बैधानिकता रुपमा दर्ता भईसकेको थिएन।