नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुग्यो


काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा  थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ भने विहीबार देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको निधन भएको छ । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ ।