नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्ने


काठमाण्डौ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आगामी पुस १ गते बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगित भएको थियो । कोरोना सङ्क्रणका कारण लामाको यही मङ्सिर २५ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता लामाको निधनपछि एक जलविद्युत् आयोजनाको सम्बन्धमा नाम जोडेर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनेकन लाञ्छना लगाई गरिएको प्रचारप्रति दुःख व्यक्त गर्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले जलविद्युत् आयोजनाका सम्बन्धमा देखिएको विवाद मिलाउनेतर्फ प्रवक्ता श्रेष्ठले पहल गर्नुभएको र मिल्न सुझाव दिनुभएको बताउनुभएको थियो ।

बैठकमा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित समान्य विवादमा पार्टीका प्रवक्तालाई अनावस्यक रुपमा मुछेर प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘पार्टीको स्थायी कमिटीको बैठकमा २५ गते हाम्रो पार्टीको केन्द्रीय कमिटीका सदस्य एवं पूर्व सांसद तथा राजदूत कमानसिंह लामाको दुखद निधन भएकोमा बैठकले गहिरो शोक व्यक्त ग¥यो ।

नेपालको कम्युनिष्ट आन्दोलन, नेपालको लोकतान्त्रिक आन्दोलनमा सानो उमेर देखिनै निरन्तर संघर्षरत लामाको योगदानलाई स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रदान्जली ग¥यो र शोकसंतप्त परिवारजनमा समवेदना व्यक्त ग¥यो । आजकै बैठकमा अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुखित रहेको यस घडिमा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित समान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न पनि अनुरोध गर्नुभएको छ । बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई आज अन्य विषयमा भने छलफल नभएको जानकारी दिनुभयो ।