पोखरामा भलिवल टिमकी कप्तान अरुणालाई जिताउन अभियान शुरु


पोखरा, सुदर्शन रञ्जित – नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एन.एस.जे.एफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस विद्यामा मनोनयमा परेकी अरुणा शाहीलाई जिताउन आर्थिक संकलन अभियान पोखरामा शुरु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघ र कास्की जिल्ला भलिवल संघले नेपाल भलिवल टिमकी कप्तान समेत रहेकी अरुणालाई जिताउन पोखरामा एक कार्यक्रम गरि अभियान शुरु गरिएको हो । शुरु भएको अभियानमा एकै दिन ३ लाख ८२ हजार ६५१ रुपैयाँ संकलन समेत भएको छ । विभिन्न व्यक्ती तथा संघ संस्थाहरुले अरुणालाई जिताउन नगद सहयोग गरेका छन ।

उक्त कार्यक्रममा वोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले खेलाडीलाई समस्या परेको बेला आफ्नो सहयोगको ढोका सदैव खुला रहेको बताउनुभयो । उहाँले विगतमा पश्चिमाञ्चलले उत्पादन गरेका भलिवल तथा अन्य खेलका खेलाडीहरु विभागिय टिममा प्रवेश गर्दा गण्डकी प्रदेश कमजोर देखिएको बताउँदै अव उत्पादन हुने खेलाडीलाई प्रदेशमा टिकाई राख्न केही नयाँ कार्यक्रमहरु तय गरिने बताउनुभयो । उहाँले मनोनयनमा परेकी अरुणालाई जिताउन सवैलाई अपिल समेत गर्नुभएको छ ।

कार्यक्रममा क्षेत्रिय भलिवल संघले तेश्रो पटक सम्म राखेप सदस्यमा नियुक्त हुन सफल भएको भन्दै सम्मानपत्रबाट सम्मानित गरेको छ ।

कार्यक्रममा नेपाल भलिवल संघका केन्दिय सल्लाहाकार नारायण प्रसाद शर्माले गण्डकी प्रदेशकी चेली समेत रहेकी अरुणालाई जिताउन सवैलाई आग्रह गर्नुभयो । कुनैवेला नेपाली राष्ट्रिय भलिवल टिमका लागि अधिकांश महिला भलिवल खेलाडी उत्पादन गर्ने ‘क्विन अफ भलिवल’को उपाधी पाएको ज्ञानुवावा वोर्डिङका संस्थापक कृष्ण बहादुर गुरुङले खेलाडी उत्पादनमा भूमिका निर्वाह गर्ने विद्यालयलाई राज्यले कुनै सम्मान नर्गदा दुःख लागेको बताउनुभयो । भलिवल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले नेपालको भलिवल खेल विकासमा गण्डकीको अहम भूमिका रहेको बताउँदै अरुणालाई जिताउन सबैको सहयोगको खाँचो रहेको बताउनुभयो ।
क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा भलिवल संघका सचिब डिवी नेपाली, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली, अरुणा शाही लगाएतले बोल्नुभएको थियो ।

को कसले गरे सहयोग
पश्मिाञ्चल क्षेत्रिय भलिवल संघ र पोखरा टाइगर गु्रपले समान ५०–५० हजार, नव आदर्श सामाजिक समाजले ३५ हजार, दान बहादुर तामाङ २५ हजार, सोम प्रसाद गुरुङ र गोविन्द थापाले २५ हजार, ज्ञानुवावा आवाशिय मावीले २० हजार, ओम गुरुङ (हङकङ) २० हजार, जय वुद्ध कृषि फर्मका सञ्चालक वुद्ध गुरुङले १५ हजार ५१, राजु केसी (हाल अमेरिका) १५ हजार, कास्की जिल्ला खेलकुद विकास समितीले १० हजार ५१, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती, नारायण बहादुर भण्डारी, केदार पौडेल १० हजार, नारायण प्रसाद शर्मा १० हजार, दिपक थापा १० हजार, दर्शन मोनिका ट्रान्सपोर्ट १० हजार र कास्की जिल्ला भलिवल संघले १० हजार सहयोग गरेको छ ।

त्यस्तै सहयोग ५ हजार नगद गर्नेहरुमा याम गुरुङ, संजिव जिशी, सोम बहादुर गुरुङ, सुमन गुरुङ, तेजेन्द्र खाती, धनु थकाली पुरन र ए फोर जेड् छापाखाना रहेका छन । माया गुरुङ, शान्ता गुरुङ र विद्या गुरुङले संयुक्त रुपमा ३ हजार सहयोग गर्नु भएको छ भने दिनेश चौधरीले ३ हजार, योगेन्द्र वस्नेतले २ हजार नेत्र थापाले २ हजार, लेखनाथ लम्सालले २ हजार सहयोग गर्नु भएको छ ।

संकलन अभियानलाई जारि राख्न क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापा संयोजक तथा कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली सह संयोजक रहनु भएको ५ सदस्यिय कमिटी गठन गरिएको छ । समितीको सदस्यमा नेपाल भलिवल संघका केन्द्रिय सल्लाहाकार नारायण प्रसाद शर्मा, केन्द्रिय सदस्य राज कुमार गुरुङ, क्षेत्रिय भलिवलका कोषाध्यक्ष हरि कुमार श्रेष्ठ र तारानाथ पाहारी रहनुभएको छ ।

यस अघि पोखरावाट राष्ट्रिय भलिवल टिमकी उप कप्तान रहेकी मञ्जु गुरुङ वर्ष अवार्डवाट पुरस्कृत भएकी थिइन भने सिपोरा गुरुङ र सरस्वती चौधरी समेत अवार्ड जितेकी थिइन । मञ्जुले अवार्ड जितेकै कारण अहिले वैकिङ क्षेत्रमा कार्यरत रहेको अग्रज पत्रकार सुदर्शन रञ्जितले बताउनुभयो । उहाँले भन्नुभयो–“यो अवार्डका लागि अवार्ड मात्रै होइन खेलाडीको जिवन अघि वढाउने र सामाजिक जिवनमा ‘एक्सपोज’ हुने ठूलो माध्यम समेत हो ।” उहाँले मञ्जु, सिपोरा र सरस्वतीलाई जस्तै गरि पोखरेलीहरुले अरुणालाई जिताउन सवैले सहयोग गर्नुपर्ने औल्याउनभयो ।